इमर्जिङ कप क्रिकेटमा आज नेपाल हङकङसँग भिड्दै

इमर्जिङ कप क्रिकेटमा आज नेपाल हङकङसँग भिड्दै

  • बिहिबार, चैत्र १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, चैत १७ । इमर्जिङ कप क्रिकेटको अन्तिम खेलमा आज नेपालले हङकङसँग खेल्दैछ ।

समूह चरणमा लगातार दुई खेल हारेका यी दुई टोली बस्आचकाे खेल प्रतिष्ठाको लडाईं मात्मार हुने छ । एसियाली तथा विश्वस्तरका विभिन्न प्रतियोगितामा नेपाल र हङकङ परिचित प्रतिद्वन्द्वी हुन् । एक अर्काको खेल रणनीति राम्रोसँग बुझेका दुबै टोली आजको खेल जित्दै दुई अंकको साथ बंगलादेशबाट घर फर्किने अभियानमा हुनेछन् ।

दुबै टोलीलाई समूहमा पाकिस्तान र बंगलादेशले हराएका हुन् । नेपालले पहिलो खेलमा पाकिस्तानसँग ६ विकेटको हार बेहोरेको थियो भने दोस्रो खेलमा आयोजक बंगलादेशसँग ८३ रनको पराजय झेलेको थियो ।

ईमर्जिङ टिम्स एसिया कप क्रिकेटमा एसियाका टेष्ट खेल्ने चार राष्ट्र भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका २३ वर्ष मुनिको राष्ट्रिय टोली तथा चार एसोसिएट राष्ट्र नेपाल, हङकङ, अफगानिस्तान र मलेसियाका सिनियर टोली सहभागी छन् ।

– See more at: http://imagekhabar.com/news/latest/cricket/18273#sthash.TzmNKhJQ.dpuf

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी