२ नं प्रदेशको मतदान स्थल निर्वाचन आयोग आफैले टुङगो लगाउने तयारी

२ नं प्रदेशको मतदान स्थल निर्वाचन आयोग आफैले टुङगो लगाउने तयारी

  • बुधबार, चैत्र १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं, चैत १६।
निर्वाचन आयोग २ नम्बर प्रदेशका ६ जिल्लामा मतदान स्थलको टुंगो आफैले लगाउने भएको छ । दलहरुबिच सहमति नजुटेका कारण आयोग आफैले मतदान स्थल टुङगो लगाउने भएको हो ।

अरु सबै जिल्लाले मतदानस्थलको टुंगो लगाइसके पनि २ नम्बर प्रदेशमा पर्ने बारा र पर्सा बाहेक अन्य जिल्लामा सहमति हुन सकेको छैन । आयोगले बारम्बार ताकेता गर्दा पनि ती जिल्लाका स्थानीय राजनीति दलबिच सहमति हुन नसक्दा समस्या भएको हो ।

पर्सी शुक्रबार सम्म पनि जिल्लाले नपठाए आयोग आफैले मतदान स्थलको टुंगो लगाउने तयारी गरेको हो । आगामी आइतबार सम्ममा सबै जिल्लाको मतदान स्थलको टुंगो लागि सक्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

आगामी आइतबारसम्म मतदाता नामावली र मतदान केन्द्रको एकैपटक टुंगो लगाउने आयोगले तयारी गरेको हो । झण्डै एक करोड ४० लाख मतदाताको स्थानीय तहको नाम, वडा, मतदान केन्द्र खुल्ने गरी मिलाउने काम भइरहेको आयोगले जनाएको छ ।

गएको फागुन ९ गतेसम्म १८ वर्ष पूरा भई नाम दर्ता गराएका नागरिकले वैशाख ३१ गते भोट हाल्न पाउनेछन् । मतदाता नामावलीलाई अन्तिम रुप दिएपछि परिचयपत्र छाप्ने तयारी छ ।

यस्तै आयोगले मतपेटिकाको व्यवस्थापन पनि अन्तिम चरणमा र्पुयाएको छ । २१ हजार मतदान केन्द्रका लागि आवश्यक पर्ने मतपेटिका मध्ये अपुग ३० हजार मतपेटिका केहीदिनमै आइपुग्ने आयोगले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ