नेपाल कम्युनिष्ट पार्टी माओवादी नेत्र विक्रम चन्द विप्लप समूहले वैसाख ३१ गते हुन गइरहेको स्थानीय निकायको निर्वाचनको खारेजीको माग गरेको छ ।
धरान ८ लांगाली सामुदायिक वन उपभोक्ता समितिको भवनमा भएको पार्टीको कोशी, मेची र सगरमागा व्युरो स्तरीय कार्यकर्ता प्रशिक्षणमा भाग लिन आएका नेताहरुले यस्तो माग गरेका हुन् ।
सबैलाई नसमेटी गरिएको स्थानीय निर्वाचनले मुलुकको हित नहुने भन्दै पार्टीका प्रवक्ता खड्ग विश्वकर्माले स्थानीय निर्वाचन खारेजीको माग गर्नुभएकोहो ।
निर्वाचनमै भाग नलिने निर्णय गरिसकेको पार्टीले स्थानीय निर्वाचन हुन नदिने र जबरजस्ती गराउन खोजिए पार्टीले शसक्त आन्दोलन गर्ने प्रवक्ता विश्वकर्माले चेतावनी समेत दिनुभयो ।
प्रशिक्षण कार्यक्रमलाई पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लप, प्रभावशाली नेता तथा पार्टी प्रवक्ता खड्ग विश्वकर्मा, धमेन्द्र बाँस्तोला, असारे काका लगायतका केन्द्रीय नेताहरुले प्रशिक्षण दिने बताईपनि प्रशिक्षण कार्यक्रममा सञ्चारकर्मीहरुलाई प्रवेश दिइएको छैन ।
आठौ महाधिवसेनले पारित गरेका विचार र पछिल्लो समय केन्द्रिय समितिले तयार गरेको नीति,कार्यक्रम र योजनाहरुलाई तल्लो तहका कार्यकर्ताहरुलाई जानकारी गराउँदै कार्यान्वयन गर्न प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बुझिएको छ । प्रशिक्षण कार्यक्रममा पूर्वका ३ अञ्चलका २ सय ५० बढि कार्यकर्ताको सहभागिता रहेको बताइएको छ ।