एसिया कपमा आज नेपालले फिलिपिन्सको सामना गर्दै

एसिया कपमा आज नेपालले फिलिपिन्सको सामना गर्दै

  • मङ्लबार, चैत्र १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं, चैत १५।
एसिया कप छनौट अन्तर्गत नेपालले आज फिलिपिन्सको सामना गर्दै छ । मनिलाको रिजल मेमोरियल रंगशालमा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ६ बजे पछि सुरु हुनेछ ।

एएफसी सोलिडारिटी कपको उपाधि जितेकाले नेपालले एसिया कप छनौट खेल्ने अवसर पाएको हो । सन् २०१५ मा भारतसँग समग्रमा २–० ले जितेपछि नेपाल एएफसी सोलिडारिटी कप खेल्न गएको थियो । सोलिडारिटीको उपाधि जितेपछि नेपालले फेरि एसिया कप छनौटमा स्थान बनाएको हो ।

फिफा बरियतामा नेपाल भन्दा निकै माथि रहेको फिलिपिन्स एसियाको बलियो टिम मानिन्छ । बरियतामा नेपाल एक सय ७० तथा फिलिपिन्स एक सय २४ औं स्थानमा छ । फिलिपिन्ससँगका पछिल्ला तीन खेलमा सबैमा नेपाल पराजित भएकाले पनि नेपाललाई आजको खेल चुनौति पूर्ण रहेको छ ।

नेपाल रहेको समूह ‘एफ’ मा ताजकिस्तान, यमन र फिलिपिन्स रहेका छन् । समूहको विजेता वा उपविजेता बनेमा नेपालले सन् २०१९ मा युएईमा हुने एसिया कप खेल्न पाउने छ । यही चैत १२ गतेदेखि सुरु भएको उक्त प्रतियोगिता चैत २२ सम्म चल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी