काठमाडौ १५ चैत्र ।
चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चीन स्वशासित क्षेत्र तिब्बतको ल्हासा जाँदै हुनुहुन्छ । ल्हासामा प्रधानमन्त्री प्रचण्डले तिब्बतका सरकार प्रमुख तथा चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
भेटवार्ताका क्रममा द्धिपक्षीय हित तथा नेपाल र तिब्बत सरकारबीच स्थानीय तहमा विद्यमान द्विपक्षीय संयन्त्र थप क्रियाशील बनाउने विषयमा केन्द्रित रहेर छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहालले आज ल्हासा जानुअघि त्यहाँ राजनितिक भेटवार्ता गर्ने तयारी छ । राष्ट्रपति सी जिनपिङसँगको भेटपछि प्रधानमन्त्री दाहाल हिजो छेन्दु जानुभएको हो ।
प्रधानमन्त्री दाहाल हाइनान प्रान्तमा आयोजित बोआओ फोरममा सहभागी हुन गत बिहिबार चीन प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री दाहाल ल्हासाबाट भोली (बुधवार) स्वदेश फर्कने कार्यक्रम रहेको छ ।