निर्धक्कसँग स्थानीय तह निर्वाचनको तयारी गर्नआग्रह :थापा

निर्धक्कसँग स्थानीय तह निर्वाचनको तयारी गर्नआग्रह :थापा

  • सोमवार, चैत्र १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

भक्तपुर, १४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्धक्कसँग स्थानीय तह निर्वाचनको तयारी गर्न सबै राजनीतिक दल एवम् नागरिक समाजलाई आग्रह गर्नुभएको छ ।

आज मध्यपुरथिमिको बालकुमारीमा आयोजना गरिएको मध्यपुर थिमि नगरपालिकाको २१ औँ नगरपालिका स्थापना दिवस कार्यक्रममा स्थानीय विकास मन्त्री समेत रहनुभएका उपप्रधानमन्त्री थापाले निर्वाचन महान् प्रजातान्त्रिक अभ्यास भएकाले यसमा सिङ्गो मुलुक जुट्नुपर्ने बताउनुभयो ।

उपप्रधानमन्त्री थापाले मुलुकमा विद्यमान राजनीतिक सङ्कटलाई समाधान गर्न र प्रजातन्त्रलाई सुदृढ पार्न हुन लागेको स्थानीय निर्वाचनमा मधेसवादी दलहरूलाई समेत सहभागी गराउन वर्तमान सरकार गृहकार्यमा जुटिरहेको उल्लेख गर्नुभयो ।

उहाँले निर्वाचनमा सबैको सहभागीताका निमित्त सरकारले हरसम्भव प्रयास गर्ने बताउँदै दुई दशकदेखि स्थगित भएको स्थानीय निर्वाचनलाई सफल पार्न कुनै पनि दल निर्वाचनबाट अलग बस्न नहुनेमा जोड दिनुभयो ।

सरकार जोगाउने र निर्वाचन सुनिश्चित गर्ने सर्तमा मात्रै आफू सरकारमा गएको बताउँदै निर्वाचन हुन्छ कि हुन्न भनेर दुविधा र आशङ्का नपाल्न सबैलाई आग्रह गर्नुभयो ।

मधेसवादी दललाई चुनावमा ल्याउन नसके र चुनाव बहिष्कार गर्ने अवस्था आए अतिवादी शक्ति र देश टुक्राउनु पर्छ भन्नेहरूलाई सघाऊ पुग्ने उपप्रधानमन्त्री थापाले औल्याउनुभयो ।

उपप्रधानमन्त्री भएर सुविधा लिन नभई प्रधानमन्त्री र काँग्रेस सभापतिले सरकारको स्थायीत्व र चुनावका लागि आउनु पर्यो भनेर आग्रह गरेकाले स्थानीय तहको निर्वाचन कुनै हालतमा पनि गराउने शर्तमा आफू सरकारमा गएको पनि प्रष्ट पार्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ