स्थानीय तहको निर्वाचन तोकिएकै समयमा एकै चरणमा हुने : गृहमन्त्री

स्थानीय तहको निर्वाचन तोकिएकै समयमा एकै चरणमा हुने : गृहमन्त्री

  • सोमवार, चैत्र १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौ १४ चैत्र ।
उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले सरकारले आगामी बैशाख ३१ का लागि घोषणा गरेको स्थानीय तहको निर्वाचन तोकिएकै समयमा एकै चरणमा हुने बताउनु भएको छ ।

पूर्वाञ्चल क्षेत्रीय सुरक्षा समितिको बैठकमा सहभागी हुन आज मोरङ पुग्नु भएका मन्त्री निधिले बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मधेसी मोर्चालाई समेत सहभागी गराएर चुनावको वातावरण बनाउन सरकारले गृहकार्य गरिरहेको बताउनु भयो ।

स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने बारे चर्चा भइरहे पनि सरकारले एकै चरणमा गर्ने निर्णय गरिसकेको र त्यसका लागि सुरक्षा लगायत सबै तयारी भइसकेको जानकारी गराउनु भयो ।

मधेसी मोर्चाको मूख्य मागको रुपमा रहेको सीमांकन हेरफेरबारे उच्चस्तरीय आयोग बनाएर चाँडै टुंग्याउन सरकार प्रयत्नशील रहेको उहाँले बताउनु भयो ।

निर्वाचन लक्षित सुरक्षा योजना बनाउन पूर्वाञ्चल क्षेत्रीय सुरक्षा समितिको बैठक अहिले क्षेत्रीय प्रहरी कार्यालयको सभाहलमा सुरु भएको छ ।

बैठकमा क्षेत्रीय प्रशासक, पूर्वाञ्चल प्रहरी प्रमुखसहित सबै जिल्लामा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख लगायतका अधिकारीहरु सहभागी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ