काठमान्डौ चैत १४ ।
माल्दिभ्समा जारी तेस्रो एभिसी सेन्ट्रल जोन सिनीयर पुरुष भलिबलमा आज नेपालले आफ्नो तेस्रो खेल खेल्दै छ ।
तेस्रो खेल अन्तर्गत नेपालले आज किर्गीस्तानको सामना गर्दै छ । आजको खेलमा नेपालको हार जित जे भए पनि अर्काे खेलमा नेपालले पुन किर्गीस्तानको नै सामना गर्ने छ ।
यस अघि भएको पहिलो खेलमा नेपाल पराजित भएको थियो भने दोस्रो आयोजक माल्दिभ्स सँगको खेलमा विजय हासिल गरेको थियो ।
आयोजक माल्दिभ्स लगातार तेस्रो खेलमा पराजित भए पछि नेपालले अन्तराष्टिय भलिबल प्रतियोगितामा ४१ वर्ष पछि आधिकारी पदक जित्ने पक्का भएको छ ।
राउन्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा चार देश समावेश रहेका छन् । राउन्ड रोविन लिगको शीर्ष टोली सोझै फाइनलमा जानेछ भने दोस्रो र तेस्रो हुने विच प्लेअफ गराएर फाइनलको अर्काे टोली चयन गरिने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline