आज घोडेजात्रा पर्व मनाईदै ,उपत्यकामा सार्वजनिक बिदा

आज घोडेजात्रा पर्व मनाईदै ,उपत्यकामा सार्वजनिक बिदा

  • सोमवार, चैत्र १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौँ, १४ चैत ।
चैत कृष्ण चतुर्दशीका दिन आज काठमाण्डौ उपत्यकामा घोडेजात्रा पर्व मनाईदै छ ।

टुण्डी नामका राक्षसले सहरका बालबालिकालाई दुःख दिन थालेपछि घोडाको टापले राक्षसलाई दबाएर राखिएको किंवदन्तीअनुरूप घोडेजात्रा मनाउने गरिन्छ ।

आजको दिनलाई पिशाच चतुर्दशी पनि भनिन्छ । परापूर्वकालमा काठमाडौँ उपत्यकामा बालबालिकालाई भूत, प्रेत पिशाच नामका कु तत्वले दुःख दिने गरेकोले त्यसबाट मुक्ति पाउ घोडेजात्रा मनाउने गरेको कथन छ ।

नेपाली सेनाको क्याभलरी युनिटबाट रिसल्लासहित आएको सैन्यले नयाँ सडक जुद्ध शालिक सामुन्ने रहेको रेवन्त पीठमा यो दिन बिहानै बोका बली दिएपछि उपत्यकामा घोडेजात्रा सुरु हुन्छ ।

घोडेजात्राका अवसरमा आज नेपाली सेनाले टुँडिखेलमा बिशेष कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा सेनाले घोडादौड र अश्वकला प्रदर्शन गर्ने छ ।

उता ललितपुरको बालकुमारीमा पनि एउटा आँखा नदेख्ने कानो एकल घोडालाई सर्वसाधारणले हाहाहुहु गर्दै धपाएर यो जात्रा मनाउने प्रचलन छ ।
विशेष गरेर यो दिन जात्रा मनाइरहेका उपत्यकाका नेवारी समुदायका मन मिलेका व्यक्ति विशेषलाई तिमी जङ्गबहादुरको घोडा किन्न हिँडेका हौ कि कसो ? भनेर ठट्टा रमाइलो गर्ने प्रचलन पनि छ । उपत्यकामा तलेजुका बाहनका रूपमा रहेका घोडालाई भने जात्रा उत्सवमा समावेश गरिदैन ।

यो पर्वका अवसरमा सरकारले काठमाडौँ उपत्यकामा आज सार्वजनिक बिदासमेत दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ