विन्ध्यवासिनी म्यूजिक प्रालिको आयोजनामा रामकृष्ण ढकाल एकल साँझ सम्पन्न हुदै

विन्ध्यवासिनी म्यूजिक प्रालिको आयोजनामा रामकृष्ण ढकाल एकल साँझ सम्पन्न हुदै

  • आइतवार, चैत्र १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

कमल सरगम
चैत १३, काठमाडौं ।
विन्ध्यवासिनी फाउन्डेसनको आयोजनामा हुन गइरहेको नेपाली  सुगम संगीतका बहुचर्चित गायक रामकृष्ण ढकालको एकल साँझ आगामी चैत १८ गते राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा सम्पन्न हुने भएको छ । कलाकारकै हक हितको लागि अगाडी बढिरहेको बिन्ध्यवासिनी फाउन्डेसनले आयोजना गरेको यस कार्यक्रमबाट संकलित रकम संगीत क्षेत्रमै र फाउन्डेसनले गर्दै आएको अन्य सहयोग कार्यक्रमहरुमा खर्च गर्ने जानकारी प्राप्त छ ।  आधुनिक गायनका लोकप्रिय गायक ढकालको प्रस्तुतिलाई ब्याक अफ ब्याण्ड ‘द भ्वाइस’ का दश जना बाध्यवादकले साथ दिने जानकारी  छ । गायक ढकालले  २ दर्जन  भन्दा बढी चर्चित  गीतहरु एकल साँझमा प्रस्तुत गर्नेछन् ।संकलित रकम बाट संगीत आश्रम खोल्ने भन्दै विन्ध्यवासिनी म्यूजिकका संचालक  सुबास रेग्मीले भन्नु भयो “जति सहयोगी मनहरु हुनुहुन्छ उहाहरुको सहयोगले यो कार्यक्रम सम्पन्न हुदै छ ,कार्यक्रमबाट बचेको रकमबाट संगीत आश्रम खोल्ने छौ । जसको लागि हामीले जग्गा किनिसकेको छौ ।”गायक रामकृष्ण ढकाल एकल साँझको अवसरमा गाइएका गीतहरुबाट स्रष्टाको सिर्जना प्रयोग गरेवापतको रोयल्टीसमेत प्रदान गरिने आयोजक संस्था विन्ध्यवासिनी म्यूजिकले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । आयोजक संस्थाका अध्यक्ष सुवास रेग्मीले पत्रकार सम्मेलनमा बोल्दै एकल साँझको खर्च कटाएर आएको मुनाफाबाट विन्ध्यवासिनी फाउन्डेशनलाई सहयोग गर्ने र स्रष्टाको सिर्जना प्रयोग गरेवापत संगीत रोयल्टी संकलन समाजको नियमअनुसार रोयल्टी प्रदान गर्ने बताएका छन् ।

नेपाली गीतसंगीतको क्षेत्रमा सम्बन्धित स्रष्टाहरुको सेवा र सहयोग गर्ने हेतुले स्थापना भएको विन्ध्यवासिनी फाउन्डेशनले कलाकर्मीको हकहित र समाजसेवामा कार्य गर्दै आइरहेको छ भने बिभिन्न कलाकारहरुको सृजनालाई अगाडी बढाउँन थप हौसला दिने काम पनि जारि छ ।फाउन्डेसनको एकल साँझको सुरुवात चर्चित सुगम गायक सत्य/स्वरूप एकल साँझ’बाट  भएको थियो । सत्य स्वरूप  एकल साँझ बाट उठेकको रकम भक्तराज आचार्य संगीत प्रतिष्ठानलाई १५ लाख प्रदान गरिएको थियो  । दोस्रो एकल साँझ बहुचर्चित लोकदोहोरी गायक  ‘विमल डाँगी एकल साँझ’ बाट उठेको रकमले डोल्पा र स्याङ्जामा दुई दुई जना बालबालिकाको कक्षा १० सम्मको अध्ययनको छात्रवृत्ति प्रदान गरिएको थियो  । त्यस्तै संगीतकार कल्याणकारी कोषमा ५० हजार, संगीत व्यवसायी शिव पौडेलको मृगौला प्रत्यारोपणका लागि ३ लाख १० हजार, स्व.पत्रकार सूर्यकुमार क्षेत्रीको उपचारमा २५ हजार रुपैयाँसमेत सहयोग गरेको पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष रेग्मीले जानकारी गराए । त्यसैगरी संगीतका माध्यमले समाजसेवामा सक्रिय रहेका संगीतकर्मीको ढल्कँदो उमेरको सहाराका रुपमा संगीत आश्रमको परिकल्पना गर्दै स्याङ्जामा दुई सय रोपनी जग्गाको खोजीमा रहेको र जसअन्तर्गत ३५ रोपनी जग्गा फाउन्डेशनले लिइसकेको रेग्मीले बताए ।

त्यसैगरी फाउन्डेशनका सचिव परमानन्द खनालले रामकृष्ण ढकाल एकल साँझलाई सबैतिरबाट साथ र सहयोग जारी रहेको र यसलाई सकारात्मक रुपमाबाट सफल बनाउन सबैक्षेत्रबाट सहयोग मिल्नेमा विश्वास लिएको बताए । खनालले सामाजिक सेवामा हामी सबै एकजुट हुनुपर्ने बताउँदै फाउन्डेशन सम्पूर्ण संगीतकर्मी र संगीतकर्मका माध्यमले जोडिएका पत्रकार, संगीत व्यवसायी सबैको साझा घर भएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी