२५ सदस्यीय कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति गठन

२५ सदस्यीय कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति गठन

  • आइतवार, चैत्र १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौ १३ चैत्र ।
लामो समयपछि बसेको नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठकले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । ललितपूरको सानेपास्थित पार्टी केन्द्रिय कार्यलयमा जारी बैठकले तीन पदाधिकारी सहित मर्यादाक्रम अनुसार २२ जनालाई कार्यसम्पादन समितिमा मनोनयन गर्ने प्रस्ताव पारित गरेको हो ।

२५ सदस्यीय कार्यसम्पादन समितिमा सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, कुलबहादुर गुरुङ, खुमबहादुर खड्का, चित्रलेखा यादव, पूर्णबहादुर खड्का, रामशरण महत, अर्जुननरसिंह केसी छन् ।

त्यस्तै, बलबहादुर केसी, महेश आचार्य, नरहरि आचार्य, प्रदीप गिरी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, नारायण खड्का, मिनेन्द्र रिजाल, प्रकाशशरण महत, फरमुल्लाह मन्सुर र मानबहादुर विश्वकर्मा रहेका छन् ।

केन्द्रीय समिति बैठकले स्थानीय तहको निर्वाचनका लागि पार्टीको घोषणा पत्र बनाउन केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा समिति समेत गठन गरेको छ ।

जारी बैठकमा समसामयिक विषय, निर्वाचनको तयारी, संविधान संशोधन र पार्टी सञ्चालनबारे छलफल भइरहेको कांग्रेसले जनाएको छ । लामो समयपछि बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति देउवाले ९ बुँदे एजेण्डा पेस गरेका छन् ।

बैठकमा अहिले सभापति देउवाले पेश गर्नुभएको एजेन्डामाथि सदस्यहरुले धारणा राखिरहेका छन् । यस्तै मुलुकको पछिल्लो राजनितिक अवस्था र मोर्चाको माग सम्बोधनका लागि गर्ने भनिएको संविधान संशोधनका विषयमा पनि बैठकमा छलफल भइरहेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ