कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक जारी

कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक जारी

  • आइतवार, चैत्र १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौ १३ चैत्र ।
नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक अहिले बसिरहेको छ । लामो समयपछि बसेको बैठक लालितपूरको सानेपास्थित पार्टी केन्द्रिय कार्यलयमा जारी छ ।

एकलौटी ढङ्गले पार्टी सन्चालन गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले लिखित रुपमा नै केन्द्रिय समिति बैठक बोलाउन आग्रह गरेपछि सभापति देउवाले बैठक बोलाउनु भएको थिएन ।

राजदुत सिफारिस र आइजिपी बढुवामा विवादास्पद निर्णय गरेर पार्टीलाई क्षति पुर्याएको भन्दै पौडेल पक्षले असन्तुष्टी जनाउदै आएका छन् । आजको बैठकमा पौडेल पक्षीय नेताले सोही विवादस्पद निर्णयलाई उठाउने तयारी गरेका छन् ।

यस्तै आजको केन्द्रिय समिति बैठकमा सभापति देउवाले २२ सदस्यीय केन्द्रिय कार्यसम्पदान समिति गठनको प्रस्ताव पेस गर्ने तयारी गर्नुभएको छ । यससँगै स्थानीय निर्वाचनका विषयमा पनि बैठकमा छलफलको तयारी भएको सो पार्टीले जनाएको छ ।

झण्डै ५ महिनापछि बसेको बैठकले स्थानीय निर्वाचनका लागि घोषणापत्र निर्माण समिति, निर्वाचन परिचालन समिति र प्रचार प्रसार समिति गठन गर्ने जनाइएको छ ।

यस्तै गाउँपालिका र नगरपालिकाको नयाँ संरचना अनुसार पार्टीको संरचना निर्माण गर्ने लगायतका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ