मधेसी मोर्चाले सप्तरी घटनाको सम्झनामा सभा गर्दै

मधेसी मोर्चाले सप्तरी घटनाको सम्झनामा सभा गर्दै

  • आइतवार, चैत्र १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ १३ चैत्र ।
मधेसी मोर्चाले आज सप्तरी घटनाको सम्झनामा श्रद्धाञ्जली सभा गर्दैछ । गत फागुन २३ गते एमालेले आयोजना गरेको सभाका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका पाँचजनाको सम्झनामा राजविराजमा सभा आयोजना गरिएको मोर्चाले जनाएको छ ।

राजविराजको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रभित्र दिउँसो १ बजेपछि सुरु हुने सभालाई मोर्चा आवद्ध दलका शिर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको मोर्चा घटक सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले जानकारी दिनुभयो ।

एमालेको मेचीमहाकाली राष्ट्रिय अभियानका क्रममा सप्तरीको राजविराजमा आयोजना गरिएको सभा अवरोध गर्ने क्रममा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर पाँच जनाको मृत्यु भएको थियो ।

ज्यान गुमाएकाको सम्झनामा तराइका अन्य जिल्ला सदरमुकामहरुमा पनि श्रद्धाञ्जली सभा हुने महासचिव सुमनले बताउनु भयो ।

सभामा सहभागी हुन मोर्चा आबद्ध संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादब, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सदभावना अध्यक्ष राजेन्द्र महतो, लगायतका मोर्चाका नेताहरु आज सप्तरी जाँदै छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ