काठमाडौ ,१३ चैत्र ।
नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक सानेपास्थित पार्टी केन्द्रिय कार्यलयमा आज बस्दैछ ।
एकलौटी ढङ्गले पार्टी सन्चालन गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले लिखित रुपमा नै केन्द्रिय समिति बैठक बोलाउन आग्रह गरेपछि सभापति देउवाले बैठक बोलाउनु भएको थिएन ।
राजदुत सिफारिस र आइजिपी बढुवामा विवादास्पद निर्णय गरेर पार्टीलाई क्षति पुर्याएको भन्दै पौडेल पक्षले असन्तुष्टी जनाउदै आएका छन् । आजको बैठकमा पौडेल पक्षीय नेताले सोही विवादस्पद निर्णयलाई उठाउने तयारी गरेको नेताहरुले बताएका छन् ।
यस्तै आजको केन्द्रिय समिति बैठकमा सभापति देउवाले २२ सदस्यीय केन्द्रिय कार्यसम्पदान समिति गठनको प्रस्ताव पेस गर्ने तयारी गर्नुभएको छ । यससँगै स्थानीय निर्वाचनका विषयमा पनि बैठक केन्द्रीय हुने कांग्रेसले जनाएको छ ।
झण्डै ५ महिनापछि बस्न लागेको बैठकले स्थानीय निर्वाचनका लागि घोषणापत्र निर्माण समिति, निर्वाचन परिचालन समिति र प्रचार प्रसार समिति गठन गर्ने जनाइएको छ ।
यस्तै गाउँपालिका र नगरपालिकाको नयाँ संरचना अनुसार पार्टीको संरचना निर्माण गर्ने लगायतका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।