काठमाडौं, चैत्र १२ ।
बंगलादेशमा हुने एसीसी ईमर्जिङ टिम्स कप क्रिकेटमा सहभागी हुन २० सदस्यीय नेपाली टोली आज ढाका गएको छ ।
सोमबारबाट सुरु हुने प्रतियोगितामा सहभागी हुन १५ खेलाडि र ५ अफिसियल सहितको टोली आज साझ ढाका गएको हो ।
बंगलादेश भ्रमणमा नियमित कप्तान पारस खड्का सहित केहि मुख्य खेलाडिलाई आराम दिएर नेपाली टोलीमा युवा खेलाडिलाई समाबेश गरिएको छ ।
नेपाली टोली ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रनेछ । सोमबार पाकिस्तानको २३ बर्ष मुनीको टोलीसंग प्रतिस्पर्धा गर्दै नेपालले प्रतियोगिताको सुरुवात गर्नेछ ।
नेपाली टोलीले मंगलबार आयोजक बंगलादेश र बिहिबार हङकङसंग प्रतिस्पर्धा गर्नेछ । समुहको शीर्ष २ टोली प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गर्नेछन् ।
ढाका प्रस्थान गर्नुअघि नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले बंगलादेशमा शनिबारबाट हुने एसिसी इमर्जिङ कपमा यूवा खेलाडीबाट राम्रो प्रदर्शनको आशा गरिएको बताए।
विदाइ कार्यक्रममा ज्ञानेन्द्रले सिनियर खेलाडीलाई आरम दिएको र नयाँ खेलाडीको आगमनले नेपालको बेन्च बलियो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।
टोलीमा ज्ञानेन्द्र मल्ल (कप्तान), शरद भेषावकर (उप कप्तान), विनोद भन्डारी, सागर पुन, आरिफ शेख, मेहबुब आलम, दीपेन्द्रसिंह ऐरी, सन्दिप लामिछाने, आसिफ शेख, अविनाश कर्ण, सुनिल धमला, भुवन कार्की, सुसन भारी, दीपेश श्रेष्ठ दीलिप नाथ रहेका छन् ।
यस्तै मुख्य प्रशिक्षकमा जगत टमाटा, साहायक प्रशिक्षक महेश रिजाल, दिनेश भट्ट (फिजियो), व्यस्थापनः रमन शिवाकोटी, र सुरज शाक्य रहेको जनाईएको छ ।