भैरहवा ,चैत्र १२ ।
भैरहवामा आज सम्पन्न शशीकान्त–शकुन्तला टि–२० क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी खुकुरी क्रिकेट क्लब भैरहवाले जितेको छ ।
रुपन्देही क्रिकेट संघको आयोजनामा सिद्धार्थ रंगशालामा सञ्चालित प्रतियोगितामा भैरहवाले वेस्टर्न क्रिकेट क्लब बुटवललाई ७ रनले पराजित गरेको हो ।
जितसँगै उसले नगद ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । उपविजेता टिमले नगद २६ हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ ।
टस जितेर पहिला ब्याटिङ्ग गरेको खुकुरीले निर्धा्रित २० ओभरको खेलमा १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३३ रनको योगफल तयार गरेको थियो ।
जवाफि व्याटिङ गरेको वेस्टर्नले निर्धा्रित खेलमा ८ विकेटको नोक्सानीमा १ सय २६ रनमा मात्रै सीमित भयो । खेलको म्यान अफ द फाइनल खुकुरीका रोहित पौडेल घोषित भए ।
प्रतियोगितामा वेस्टर्नका शौरभ खनाल उत्कृष्ट ब्याट्सम्यान घोषित भई नगद ५ हजार प्राप्त गरे । खुकुरीका साह आलम वेस्ट बलर घोषित भई नगद ५ हजार प्राप्त गरे ।
देवदह क्रिेकट युनिट देवदहका सुरज दराई उत्कृष्ट खेलाडी घोषित भई नगद १० हजार प्राप्त गरे ।