प्रधानमन्त्री दाहाल बेइजिङमा , चिनियाँ राष्ट्रपतिसँग भेट्ने कार्यक्रम तय

प्रधानमन्त्री दाहाल बेइजिङमा , चिनियाँ राष्ट्रपतिसँग भेट्ने कार्यक्रम तय

  • शनिबार, चैत्र १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाण्डौ, चैत्र १२ ।

चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल बेइजिङ पुग्नु भएको छ । उहाँ बोआओ फोरमको उद्घाटन सत्रलाई सम्बोधन गरि राजनीतिक भेटघाटलगत्तै बेइजिङ जानुभएको हो ।

प्रधानमन्त्रीलाई बेइजिङमा चिनियाँ परराष्ट्र मन्त्रालय र चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका अधिकारीहरुले विमानस्थलमा स्वागत गरेका थिए । बेइजिङस्थित नेपाली दुतावास अधिकारी र अन्य नेपालीलाई समेत प्रधानमन्त्रीलाई स्वागत गरेका थिए ।

प्रधानमन्त्रीलाई बेइजिङको ‘दियायुताई स्टेट गेष्ट हाउस’ मा राखिएको छ । उहाँ त्यहाँ पुगेर नेपाली दूतावास बेइजिङले आयोजना गरेको रात्री भोजमा सहभागी हुनुभएको छ । प्रधानमन्त्री दाहालले त्यहाँ नेपालका लागि चीनका पूर्वराजदूत, नेपाल मामिला विज्ञहरु, नेपाली समुदाय र सञ्चारकर्मीहरुमाझ सम्बोधन गर्नुहुनेछ ।

भोली आइतबार उहाले चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम र अवलोकन कार्यक्रम छ । प्रधानमन्त्रीले बेइजिङमा रहँदा एक टेलिभिजनलाई अन्तर्वार्ता पनि दिनुहुनेछ ।

सोमबार उहाँले चिनियाँ राष्ट्रपति सि जिनपिङसँग भेटघाट गरेर त्यहाँबाट चेन्दु उड्ने कार्यक्रम छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ