काठमाडौं १२, चैत्र
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले स्थानीय तह निर्वाचनलाई सफल बनाउन सबै राजनीतिक दल गम्भीर भएर लाग्नुपर्ने बताउनुभएको छ ।
विराटनगरमा निर्वाचन आयोगले आज आयोजना गरेको पत्रकार भेटघाटमा यादवले स्थानीय तहको निर्वाचन बैशाख ३१ गते निर्धा्रित समय मै हुने भएकाले सफल बनाउन सबै दल एकजुट हुनुपर्ने बताउनुभयो ।
निर्वाचनको तयारी तीव्र गतिमा अघि बढेको भन्दै उहाले मतपत्र छपाई लगायतका कार्य अघि बढिसकेको जानकारी दिनुभयो ।
उहाँले निर्वाचन आचारसंहिता पालना नगरेको बारे प्रमाणसहित आयोगमा उजुरी आए कारबाही गरिने पनि बताउनुभयो ।
अर्को प्रसंगमा संविधानमा सङ्घीय लोकतान्त्रिक धर्म्निरपेक्ष भनी स्पष्ट रुपमा उल्लेख भएकोले कानुनविद्को सल्लाहमा राप्रपाको विधानबाट हिन्दू राष्ट्र र राजतन्त्रसो वाक्यांश हटाइएको उहाँले स्पष्ट पार्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline