पहिले केन्द्रीय चुनाव त्यसपछि प्रदेश तथा स्थानीय : यादव

पहिले केन्द्रीय चुनाव त्यसपछि प्रदेश तथा स्थानीय : यादव

  • शनिबार, चैत्र १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौँ, १२ चैत ।

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सबै दलको समन्वय र सहमतिमा पहिला केन्द्रीय चुनाव गर्नु पर्ने बताउनु भएको छ ।

रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा उहाँले केन्द्रको चुनावपछि अन्य निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको बताउनु भयो ।

अध्यक्ष यादवले संविधानले मधेसी, जनजाति, थारु, सङ्घीयता पक्षधर र सीमाङ्कनको विषयलाई उपेक्षा गरेको पनि बताउनु भयो ।

उहाँले संविधान पुनःलेखन नगरिएसम्म मुलुकमा स्थायित्व तथा शान्ति कायम हुन नसक्ने धारणा व्यक्त गर्नुभयो ।

संशोधनमार्फत समाधान गर्ने भए कुनै पनि विषयलाई थाती राख्नु नहुने भन्दै अध्यक्ष यादबले भन्नुभयो , यसले समस्यालाई झनै बल्झाउँछ, यदि सीमाङ्कनको विवाद समाधान गर्नका लागि आयोग गठन गर्ने हो भने पनि त्यसलाई शक्तिशाली बनाउनुपर्छ ।

अध्यक्ष यादवले सरकारले मोर्चासँग गरेको सहमति कार्यान्वयन गरेको भए अहिले मुलुकमा समस्या नै आउँदैन थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ