मतदान केन्द्र निर्धारण कार्य अन्तिम चरणमा

मतदान केन्द्र निर्धारण कार्य अन्तिम चरणमा

  • शनिबार, चैत्र १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 15K
    SHARES

काठमाडौ ११ चैत्र ।
आगामी वैशाख ३१ लागि निर्धारित स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्र निर्धारणको काम अन्तिम चरणमा पुगेको छ ।

अब ११ जिल्लाबाट मात्र केन्द्रको प्रस्ताव आउन बाँकी रहेको जानकारी गराउदै आयोगले आगामी चैत्र २० गतेसम्ममा सबै केन्द्रको टुंगो लाग्ने जनाएको छ ।

मधेशी मोर्चाको पकड मानिएको दुई नम्बर प्रदेशमा स्थानीय राजनीतिक दलको विरोधका कारण हालसम्म कुनै पनि जिल्लाबाट प्रस्ताव आउन नसकेको आयोगले जनाएको छ ।

मतदाता नामावली र मतदान केन्द्रको टुंगो एकैपटक लगाउने तयारी गरेको आयोगले प्रदेश नम्बर दुईको समस्या समाधानको प्रयास भइरहेको र चाडै नै टुंगो लाग्ने जनाएको छ ।

यस्तै मतपत्र छपाईको काम पनि धमाधम भइरहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । शुक्रबारसम्म १८ जिल्लाका लागि मतपत्र छपाईको काम सकिएको र थप चार जिल्लाका लागि आजदेखि काम सुरु हुने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ