काठमाडौ १२ चैत्र ।
विश्वकप छनौट अन्तरगत युरोपियन क्षेत्रको छनौट खेलमास्पेन विजयी भएको छ ।
समूह ‘जी’ मा रहेको स्पेनले घरेलु मैदानमा गएराति भएको खेलमा इजरायललाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।
स्पेनका लागि डेविड सिल्भा, माचिन पेरेज, डिएगो कोस्टा र इस्काले एक एक गोल गरेका थिए । इजरालका तर्फबाट लिओर रेफाएलोभले एक गोल फर्काउन सफल भए।
खेलको १३ औं मिनेटमा स्पेनका लागि सिल्भाले गोल गर्दै खेलमा सुरुवाति अग्रता दिलाए ।
पहिलो हाफको इन्जुरी समयमा पेरेजले गोल गरेपछि २–० ले अघि रहेको स्पेनले ५१ औं मिनेटमा कोस्टाले गोल गरेपछि ३–० को अग्रता लियो । ७६ औं मिनेटमा इजरायलका रेफाएलोभले गोल फर्काएपछि खेल ३–१ को अवस्थामा पुग्यो ।
८८ औं मिनेटमा इस्काले गोल गर्दै स्पेनलाई ४–१ को जित दिलाए । जितपछि ५ खेलबाट १३ अंक जोडेको स्पेन समूह ‘जी’ को शीर्ष स्थानमा छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline