चीनका रक्षामन्त्री चाङ आज स्वदेश फर्कदै

चीनका रक्षामन्त्री चाङ आज स्वदेश फर्कदै

  • शनिबार, चैत्र १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ ,१२ चैत ।

चीनका रक्षा मन्त्री चाङ वानक्वान नेपालको तीन दिने औपचारीक भ्रमण सकेर आज स्वदेश फर्कदै हुनुहुन्छ ।

स्वदेश फर्कनुअघि नेपालका बिभिन्न पुरातात्वीक सम्पदाको अबलोकन गर्दै हुनुहुन्छ । रक्षामन्त्री चाङले भूकम्पले क्षतिग्रस्त वसन्तपुर दरवार क्षेत्रको अबलोकन गर्दै हुनुहुन्छ ।

वसन्तपुर दरबारको ऐतिहासिक महत्वकोबारे जानकारी दिने उदेश्यले नेपाली सेनाले उहाँलाई सो क्षेत्र अबलोकनको व्यावस्था गरेको हो ।

तीन दिने नेपाल बसाईका क्रममा मन्त्री चाङले राष्ट्रपति बिद्यादेबी भण्डारी , प्रधानमन्त्री पुष्पकमल दाहाल , गृहमन्त्री बिमलेन्द्र निधी ,समकक्षी बालकृष्ण खाड , प्रधानसेनापति राजेन्द्र क्षेत्री लगायतका उच्च पदस्थ अधिकारीहरुसँग भेटवार्ता गर्नुभएको थियो ।

उहाँले चीनले अघि सारेको वान वेल्ट वान रोड परियोजनामा नेपाललाई साझेदार बन्न आग्रह गर्नुका साथै उच्चस्तरीय भेटमा तिब्बत र ताईवान चीन कै अभिन्न अंग रहेकोले चीन बिरोधि गतिबिधि हुन नदिन आग्रह गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ