प्रधानमन्त्री दाहालले आज बोआओ सम्मेलनलाई संबोधन गर्दै

प्रधानमन्त्री दाहालले आज बोआओ सम्मेलनलाई संबोधन गर्दै

  • शनिबार, चैत्र १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौँ, १२ चैत ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बोआओ मञ्चको वार्षिक सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै हुनुहुन्छ ।

एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन चीनको हाइनान प्रान्तको बोआओ पुग्नुभएका प्रधानमन्त्री दाहालले आज नेपालको तर्फबाट उक्त सम्मेलनमा सम्बोधन गर्न लाग्नुभएको हो ।

एसियन मुलुक र बिश्वव्यापि व्यापार प्रवद्धनको बिभिन्न पक्षमा छलफल हुने सम्मेलनमा दक्षिण एसियाली राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखले पनि सम्बोधन गर्नेछन् ।

त्यसलगत्तै उहाँ आजै बेइजिङतर्फ पुगि नेपाली दुतावासले बेईजिङमा आयोजना गर्ने रात्रि भोजमा सहभागी हुने कार्यक्रम रहेको छ ।

भोली आईतवार प्रधानमन्त्री दाहालले बेइजिङ फरेन स्टडिज युनिभर्सिटीले आयोजना गर्ने ‘नेपाल–चीन सम्बन्ध ः समृद्धिका अवसर’ विषयको छलफल कार्यक्रमलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम छ । उहाँले भोलीनै ग्रेटवालको अवलोकन गरेर चिनियाँ कम्युनिष्ठ पार्टीको बिदेश विभागले आयोजना गर्ने दिवा तथा रात्री भोजमा पनि सहभागीता जनाउनु हुनेछ ।

सोमवार प्रधानमन्त्रीले चिनियाँ व्यापारी समुदायसँग छलफल गर्नाका साथै विश्वविद्यालयको परिसरमा स्थापना हुने नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्नुहुनेछ ।

साथै दाहालले चिनियाँ राष्ट्रपति सी जिनफिङसँग शिष्टाचार भेट गर्नाका साथै पारस्परिक सम्बन्धलाई अझ सुदृढ एवम् विस्तार गर्ने विषयमा विचार विमर्श गर्नुहुनेछ ।

भ्रमणका क्रममा प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चैत १५ गते चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा जाने कार्यक्रम रहेको छ ।

त्यहाँ नेपाल र तिब्बत सरकारबीच स्थानीय तहमा विद्यमान द्विपक्षीय संयन्त्र थप क्रियाशील बनाउने विषयमा केन्द्रित रहेर तिब्बत सरकारका नेतासँग छलफल हुने बताइएको छ ।

यसअघि हिजो प्रधानमन्त्री दाहालले र चीनका उपप्रधानमन्त्री झाङ गोलीबीच केरुङदेखि काठमाडौँ तथा पोखरासम्मको रेल्वे निर्माण, ऊर्जा विकास, पूर्वाधार विकास, तातोपानी नाका पुनःसञ्चालन र दुई देशबीचका अन्य नाका सञ्चालन गर्ने विषयमा छलफल भएको थियो । प्रधानमन्त्री दाहालले आगामि चैत १६ गते स्वदेश फर्कनुहुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ