विश्वकप छनोट खेलमा ब्राजिल र अर्जेन्टिना विजयी

विश्वकप छनोट खेलमा ब्राजिल र अर्जेन्टिना विजयी

  • शुक्रबार, चैत्र ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

एजेन्सी चैत ११।
विश्वकप छनौट अन्तर्गत आज विहान भएको खेलमा ब्राजिल र अर्जेन्टिना विजयी भएका छन् । उसैको घरेलु मैदान मोन्टेभिडियोमा भएको खेलमा ब्राजिलद्धारा उरुग्वे ४–१ गोल अन्तरले पराजित भएको हो ।

ब्राजिलको जितको लागि पाउलिन्हो नायक बने । उनले १८, ५१ र ९० मिनेटमा गोल गर्दै ह्याट्रि पूरा गरे । त्यस्तै ७४ मिनेटमा नेइमारले एक गोल गर्दै ब्राजिलले उरुग्वेलाई ४–१ ले हरायो । उरुग्वेका लागि पेनाल्टीमार्फत एकमात्र गोल एडिन्सन काभानीले ९ औं मिनेटमा गरेका थिए ।

यस्तै अर्जे्न्टिनाले चिलीलाई १–० ले पराजित गरेको छ । चिलीको घरेलु मैदानमा भएका खेलमा पेनाल्टीमार्फत गोल गर्दै अर्जे्न्टिनाले अंक खोसेको हो । चिलीका डिफेन्डरले एन्जेल डि मारियालाई डि बक्सभित्र लडाएपछि अर्जे्न्टिनाले पेनाल्टी पाएको थियो ।

पेनाल्टीमार्फत १६ औं मिनेटमा कप्तान लियोनल मेस्सीले गरेको गोल नै निर्णयक बन्यो । जितसँगै अर्जे्न्टिनाले गत वर्षको कोपा अमेरिका फुटबलको फाइनलमा चिलीसँग हारको बदला लिएको छ । मेस्सीको गोलले अर्जे्न्टिनालाई तीन अंक प्राप्त भएको ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी