चिनियाँ रक्षामन्त्री चाङले आज सरकारका उच्च अधिकारीहरुसँग भेट गर्ने

चिनियाँ रक्षामन्त्री चाङले आज सरकारका उच्च अधिकारीहरुसँग भेट गर्ने

  • शुक्रबार, चैत्र ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ ११ चैत्र ।
नेपाल भ्रमणमा रहनु भएका चिनियाँ रक्षामन्त्री चाङ वानक्वानले आज सरकारका उच्च अधिकारीहरुसँग भेट गर्दै हुनुहुन्छ । नेपालको तीन दिने भ्रमणमा रहनु भएका चाङले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल र रक्षामन्त्री बालकृष्ण खाँडसँग भेट गर्नुभएको थियो ।

चिनियाँ रक्षामन्त्री चाङले आज राष्ट्रपति विद्या भण्डारी, उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि र प्रधान सेनापति राजेन्द्र क्षेत्रीसँग छुट्टा छुट्टै भेट गर्ने तयारी भएको जनाइएको छ ।

रक्षामन्त्री चाङले प्रधान सेनापति राजेन्द्र क्षेत्रिसँग बिहान १० बजेपछि भेट गर्दै हुनुहुन्छ भने अपरान्न ३ बजे उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिसँग भेट गर्ने तयारी छ ।

यस्तै आजै उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसँग अपरान्न ४ बजे सितलनिवासमा भेट गर्नुहुने रक्षा मन्त्रालयका प्रवक्त उत्तमप्रसाद नागिलाले जानकारी दिनुभयो । भेटकामा दुई देशबीचको सम्बन्ध तथा सैन्य सहयोगका विषयमा छलफल हुने नागिलाले बताउनुभयो ।

यसअघि हिजो प्रधानमन्त्री दाहालसँग भएको भेटमा रक्षामन्त्री चाङले नेपालबाट एक चीननितिमा निरन्तरता दिन र चीनले अघि बढाएको वान बेल्ट वान रोड परियोजनामा साझेदारीको भूमिका खेल्न आग्रह गर्नु भएको थियो ।

रक्षामन्त्री चाङको सम्मानमा समकक्षी बालकृष्ण खाँडले आज राति आर्मी अफसर्स क्लबमा साँझ ६ बजे रात्रिभोजको आयोजना गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ