प्रधानमन्त्री दाहालले आज चिनिया उपप्रधानमन्त्री झाङसँग भेट गर्ने

प्रधानमन्त्री दाहालले आज चिनिया उपप्रधानमन्त्री झाङसँग भेट गर्ने

  • शुक्रबार, चैत्र ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाडौ ११ चैत्र ।
चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले आज चिनिया उपप्रधानमन्त्री झाङ गाउ ली सँग भेट गर्दै हुनुहन्ुछ । भेटमा दुई देशबीचको सम्बन्ध तथा द्धिपक्षीय सहकार्यका विषयमा छलफल हुने परराष्ट्रमन्त्रायले जनाएको छ ।

चीनको हाइनान प्रान्तमा हुने बोआओ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल १५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिजो चीन प्रस्थान गर्नु भएको हो । प्रधानमन्त्री दाहालले सम्मेलनमा भोली सम्बोधन गर्नुहुने जनाइएको छ ।

प्रधानमन्त्री दाहाल भोली बेइजिङ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । बेइजिङ बसाईका क्रममा उहाँले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेट गर्नुहुनेछ । आगामी सोमबार हुने भेटमा दुई देशबीचको पारस्परिक सम्बन्धलाई अझ सुदृढ एवम् विस्तार गर्ने विषयमा कुराकानी हुने जनाइएको छ ।

यस्तै उहाँले पर्सी आइतबार बेइजिङ फरेन स्टडिज युनिभर्सिटीले आयोजना गर्ने ‘नेपाल–चीन सम्बन्धः समृद्धिका अवसर’ विषयक कार्यक्रमलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

सोही दिन उहाँले चिनियाँ व्यापारी समुदायसँग छलफल गर्नाका साथै विश्वविद्यालयको परिसरमा स्थापना हुने नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्नुहुनेछ । त्यसपछि प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चैत १५ गते चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा जानेछ ।

त्यहाँ नेपाल र तिब्बत सरकारबीच स्थानीय तहमा विद्यमान द्विपक्षीय संयन्त्र थप क्रियाशील बनाउने विषयमा केन्द्रित रहेर तिब्बत सरकारका नेतासँग छलफल हुने बताइएको छ । प्रधानमन्त्री दाहाल यही चैत १६ गते स्वदेश फर्कनु हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ