माओवादीले मात्रै देशलाई एकताबद्ध गर्न सक्छ : प्रधानमन्त्री

माओवादीले मात्रै देशलाई एकताबद्ध गर्न सक्छ : प्रधानमन्त्री

  • बिहिबार, चैत्र १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

चैत १०, काठमाडौं ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले मात्रै देशलाई एकताबद्ध गर्न सक्ने बताउनुभएको छ ।
आज साझ काठमाडौंमा मोहन बैध नेतृत्वको माओवादी क्रान्तिकारी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागत गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो ।

प्रधानमन्त्रीले गणतन्त्र, संघीयता, लोकतन्त्र, समावेशिता, समानुपातिकता, धर्म निरपेक्षतासहितका उपलब्धीहरु माओवादी नेतृत्वमै प्राप्त भएकाले यसको रक्षा र थप उपलब्धी हासिल गर्न पनि माओवादीकै नेतृत्व अपरिहार्य रहेकोमा जोड दिनु भयो ।
प्रधानमन्त्रीले माओवादी आन्दोलनलाई पुर्नसंगठित गर्ने अभियानमा आफू लागेको बताउँदै छरिएर रहेका सबै माओवादीलाई एकतावद्ध हुन आग्रह गर्नु भयो । उहाँले माओवादीहरु एकतावद्ध हुँदा जनतामा आशाको सञ्चार भइरहेको बताउँदै एकता अभियान जारी रहने बताउनु भयो ।
माओवादी केन्द्रमा समाहित हुनेहरुमा माओवादी क्रान्तिकारी भेरी कर्णाली इन्चार्ज धनजित शाही, कालिकोट सेक्रेटरी दुर्गाप्रसाद काफ्ले, मुगु सेक्रेटरी सुरबहादुर बुढासहित सयभन्दा बढी नेता, कार्यकर्ता हुनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ