निर्वाचन सपफल बनाउन थप छलफल गरी निचोड निकाल्ने समझदारी

निर्वाचन सपफल बनाउन थप छलफल गरी निचोड निकाल्ने समझदारी

  • बिहिबार, चैत्र १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौँ, १० चैत । स्थानीय तहको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने र त्यसमा सबै पक्षलाई सहभागी गराउने विषयमा सत्तारुढ र प्रमुख प्रतिपक्षी दल तथा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसीमोर्चा सहमत भएका छन्र ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको संयुक्त बैठकमा नेताहरुबीच हार्दिकतापूर्ण र सौहार्दपूर्ण कुराकानी भएकाे जानकारी दिँदै नेकपा (एमाले) स्थायी समिति सदस्य सुवास नेम्वाङले पहिलो पटक सत्ता पक्ष, प्रतिपक्षसहित मोर्चासँग एकै ठाउँमा बसेर हार्दिकतापूर्वक छलफल भएको बताउनुभयो ।

छलफललाई निरन्तरता दिई निष्कर्षमा पु¥याउने समझदारी भएको र प्रधानमन्त्रीको चीन भ्रमणपछि थप छलफल गरी निचोड निकाल्ने समझदारी भएको उहाँकाे भनाइ छ ।

नेकपा (माओवादी केन्द्र) का प्रवक्ता पम्फा भुसालले बैठक अत्यन्तै सकारात्मक भएको र सबै बसेर सिङ्गो राष्ट्रको साझा समस्यालाई मिलेर हल गर्नुपर्छ भन्नेबारे एक मत भएको बताउनुभयो । उहाँले छलफलाई निरन्तरता दिई प्रधानमन्त्री चीनबाट फर्केपछि राष्ट्रिय समझदारी खोज्ने गरी छलफल भएको जानकारी दिनुभयो ।

मोर्चाको घटक सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको समस्या कसरी समाधान गरी अगाडि बढ्ने भन्नेबारे खुलेर कुराकानी भएको बताउनुभयो । उहाँले संविधान सर्वस्वीकार्य बनाउन सङ्घीयताको सीमाङ्कन, प्रादेशिक अधिकारलगायत विषयलाई हल गरिनुपर्ने बताउनुभयो ।

बैठकमा सत्तारुढ नेकपा(माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्री पम्फा भुसाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला, उपप्रधानमन्त्री विमलेन्द्र निधि, कृष्णबहादुर महरा र कमल थापा, एमालेका उपाध्यक्ष वामदेव गौतम र नेता नेम्वाङ तथा मोर्चाका नेता यादव, महन्थ ठाकुर, राजेन्द्र महतोलगायतको सहभागिता थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ