निर्वाचनको तयारीमा जुट्न पार्टीका सांसदहरुलाई प्रधानमन्त्रीको निर्देशन

निर्वाचनको तयारीमा जुट्न पार्टीका सांसदहरुलाई प्रधानमन्त्रीको निर्देशन

  • बिहिबार, चैत्र १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमान्डौ चैत १०।
प्रधानमन्त्री पुष्पकमल दाहालले तोकिएको समयमा स्थानीय तहको निर्वाचन गर्नका लागि एक जुट भएर जुट्न आफ्ना पार्टीका सांसदहरुलाई निर्देशन दिनु भएको छ ।
आज बसेको माओवादी केन्द्र संसदीय दलको बैठकमा समसामयीक राजनीतिक घटनाक्रमका बारेमा जानकारी गराउँदै प्रधानमन्त्री दाहालले यस्तो निर्देशन दिनु भएको हो । दलको बैठकमा प्रधानमन्त्री दाहालले माओवादी केन्द्रको पक्षमा निर्वाचनको वातावरण बन्दै गएको समेत उल्लेख गर्नु भयो ।

साथै उहाँले मधेसी मोर्चासँग आफू चीन भ्रमणबाट फर्किए लगत्तै सहमति गर्ने दाबी गर्नु भयो । मोर्चाका नेताहरुसँगको छलफल सकारात्मक रहेको र सहमतिको विषय लगभग सार्बजनिक गर्ने चरणमा पुगिसकेको उहाँले जानकारी गराउनु भयो ।

प्रधानमन्त्री दाहालले सिमांकनलाई थाती राखेर अन्य विषयमा मोर्चासँग सहमतिको प्रयास भइरहेको बताएको नेता टोपबहादुर रायमाझीले जानकारी दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ