काठमाडौ १० चैत्र ।
आगमी वैशाख ३१ मा हुने स्थानीय तह निर्वाचनको तयारी सम्बन्धमा छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।
बिहान ११ बजेपछि भक्तपूर बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बस्ने बैठकमा स्थानीय तह निर्वाचन तयारी र व्यवस्थापनका लागि कमिटी गठन गर्ने सम्बन्धमा छलफल हुने जनाइएको छ ।
स्थानीय निर्वाचनमा महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकमा मेयर तथा उपमेयरका लागि उमेदवार केन्द्रबाटै तय गर्ने तयारी गरेको एमालेले गाउँपालिकाको अध्यक्षसहित विभिन्न पदमा उमेदवारीका लागि मापदण्ड तय गर्न कमिटी गठन गर्न लागेको हो ।
स्थानीय तह निर्वाचनमा सात सय ४४ वटै तहमा उमेदवारी दिने एमालेको तयारी छ । यस्तै बैठकमा हालै सम्पन्न मेची महाकाली राष्ट्रिय अभियानको समिक्षाका साथै संविधान संशोधन तथा पछिल्लो राजनितिक घटनाक्रमबारे पनि बैठकमा छलफल हुनेछ ।