काठमान्डौ चैत १०।
माल्दिभ्समा जारी तेस्रो एभिसी सेन्ट्रल जोन सिनीयर पुरुष भलिबलमा आज नेपालले तुर्किमिनिस्तानको सामना गर्दै छ ।
बलियो प्रतिद्धन्द्धी पाएको नेपालका लागि आजको खेल चुनौति पूर्ण देखिएको छ । आजको खेलमा चार नेपाली खेलाडिले डेब्यु गर्ने सम्भावना छ ।
डेब्यु खेलाडिमा ओपन स्पाइकर दिल सुनार, क्विक स्पाइकर हरि अधिकारी, सेटर दुर्गाप्रसाद महतो, र स्पाइकर राजकुमार निरौला रहेका छन् ।
नेपालले अव भोली घरेलु टोली माल्दिभ्सको सामना गर्ने छ भने आगामी सोमबार किर्गिस्तानसँग प्रतिस्पर्धा गर्ने छ । राउन्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा चार देश समावेश रहेका छन् ।
राउन्ड रोविन लिगको शीर्ष टोली सोझै फाइनलमा जानेछ भने दोस्रो र तेस्रो हुने विच प्लेअफ गराएर फाइनलको अर्काे टोली चयन गरिने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline