मैत्री पुर्ण खेलमा जर्मनीद्धारा इंग्ल्याण्ड पराजित

मैत्री पुर्ण खेलमा जर्मनीद्धारा इंग्ल्याण्ड पराजित

  • बिहिबार, चैत्र १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं, चैत १० ।
मैत्रिपूर्ण एक दिवसीय फुटबल खेलमा जर्मनीले इंग्ल्याण्डलाई पराजित गरेको छ । गएराति जर्मनीको डर्टमण्डमा भएको खेलमा घरेलु टोली जर्मनी १–० ले विजयी भएको हो ।

खेलमा जर्मनीलाई विजयी गराउन लुकास पोडोल्स्कीले निर्णायक गोल गरेका हुन् । जर्मनीको राष्ट्रिय टोलीका लागि खेलेको अन्तिम खेलमा पोडोल्स्कीले आकर्षक गोल गरेका हुन् ।

जर्मनीको जितसँगै इंग्लण्डका अन्तरिम प्रशिक्षक ग्यारेथ साउथगेटले पहिलो हार व्यहोरेका छन् । यसअघिका चार खेलमा साउथगेट अपराजित रहेका थिए ।

यस्तै गएराति नै भएका अन्य मैत्रिपुर्ण खेलहरुमा चेक गणतन्त्रले लिथुआनियालाई ३–० ले पराजित गर्दा साईप्रसले काजखस्तानलाई ३–१ गोल अन्तरले हराएको छ ।
यसैगरी स्कटल्याण्ड र क्यानाडाले एक एक गोलको बराबरी खेलेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी