प्रधानमन्त्री दाहाल आज साताव्यापी भ्रमणका लागि चीन जाँदै

प्रधानमन्त्री दाहाल आज साताव्यापी भ्रमणका लागि चीन जाँदै

  • बिहिबार, चैत्र १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, चैत १०।
बोआओ फोरमको सम्मेलनमा सहभागि हुन प्रधानमन्त्री पुष्पकमल दाहाल आज चीन जाँदै हुनुहुन्छ । प्रधानमन्त्री दाहाल नेतृत्वको १५ सदस्यीय नेपाली प्रतिनिधिमण्डल साताव्यापी भ्रमणका लागि आज राति त्यस तर्फ प्रस्थान गर्न लागेको हो ।

प्रधानमन्त्री दाहालले आगामी सोमबार  चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्ने तालिका रहेको छ । भ्रमणका क्रममा नेपाल र चीनबिच कुनै सम्झौता नभएपनि यसअघि भएको व्यापार तथा बाणिज्य सम्झौता लगायतका सम्झौता कार्यान्वयन गर्न भ्रमण महत्वपूर्ण हुने परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

बोआओमा रहँदा प्रधानमन्त्री दाहालले भोली चीनका उपप्रधानमन्त्री झाङ गाउलीसँग द्विपक्षीय छलफल गर्ने र पर्सी शनिबार मञ्चको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले बेइजिङ फरेन स्टडिज् युनिभर्सिटीले आयोजना गर्ने ‘नेपाल–चीन सम्बन्ध समृद्धिका अवसर’ विषयक छलफल कार्यक्रममा प्रमुख वक्ताका रुपमा चैत आगामी आइतबार सम्बोधन गर्नुहुनेछ ।
सोही दिन उहाँले चिनियाँ व्यापारी समुदायसँग छलफल गर्नाका साथै विश्वविद्यालयको परिसरमा स्थापना हुने नेपाल अध्ययन केन्द्रको उद्घाटन समेत गर्ने कार्यक्रम छ ।

प्रतिनिधिमण्डलमा प्रधानमन्त्री दाहालकी पत्नी सीता, परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्र सचिव शङ्करदास बैरागी लगायत रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा नेपाली प्रतिनिधिमण्डल आगामी चैत १५ गते चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पुग्ने बताइएको छ ।

त्यहाँ नेपाल र तिब्बत सरकारबीच स्थानीय तहमा विद्यमान द्विपक्षीय संयन्त्र थप क्रियाशील बनाउने विषयमा केन्द्रित रहेर तिब्बत सरकारका नेतासँग छलफल हुने परराष्ट्र मन्त्री महतले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ