सबै नेता कार्यकर्तालाइ निर्वाचनमा परिचालन गर्ने माअाेवादी केन्द्काे निर्णय

सबै नेता कार्यकर्तालाइ निर्वाचनमा परिचालन गर्ने माअाेवादी केन्द्काे निर्णय

  • बुधबार, चैत्र ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

चैत ९, काठमाडौं । नेकपा माओवादी केन्द्रले सम्पुर्ण पार्टी पंङ्तिलाई स्थानीय निर्वाचनमा परिचालित गर्ने निर्णय गरेकाे छ ।
केन्द्रीय कार्यालयको बैठकले सबै नेता कार्यकर्तालाइ निर्वाचनमा परिचालन गर्ने निर्णाय गरेकाे हाे । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आसन्न चीन भ्रमण र मधेशी मोर्चासँग भइरहेको छलफलबारेमा जानकारी गराउनु भएको थियो । प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा बोआओ फोरमलाई सम्बोधन गर्नुका साथै राष्ट्रपति सी जिनपिङसँग उच्चस्तरीय भेटवार्ता गर्ने जानकारी बैठकमा दिनुभएको पार्टी प्रवक्ता पम्फा भुषालले जानकारी दिनु भयो ।
प्रवक्ता भुषालका अनुसार प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने तथा औपचारिक सम्झौताका लागि आधार तयार पार्ने काम हुनेछ ।
यसैगरी बैठकमा समसामयिक राष्ट्रिय राजनीतिका विषयमा पनि छलफल भएको थियो । छलफलमा प्रधानमन्त्रीले मधेशी मोर्चासहित आन्दोलनरत पक्षसँग सहमतिका लागि भइरहेका प्रयासवारे जानकारी गराउनुभएको थियो । बैठकले संविधान संशोधनको प्रस्ताववाट सिमांकनको विषयमा अहिले दुई तिहाई पुग्न नसकेका कारण तत्कालका लागि थाति राखी भाषा, नागरिकता, निर्वाचन प्रतिशत एवम् जनसंख्याका आधारमा स्थानीय तहको संख्या निर्धारण र इलेक्ट्रोरल कलेजका सम्वन्धमा संशोधन अघि बढाउने निर्णय गरेको प्रवक्ता भुषालले जानकारी दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ