माओवादी केन्द्रको केन्द्रिय बैठक आज बस्दै

माओवादी केन्द्रको केन्द्रिय बैठक आज बस्दै

  • बुधबार, चैत्र ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमान्डौ चैत ९ ।
समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठक आज बस्दै छ । बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा दिउसो १ बजेका लागि बोलाइएको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले भोलीबाट चीन भ्रमण गर्नु हुने भएपछि त्यसको तयारी स्वरुप माओवादी केन्द्रले कार्यालयको बैठक बोलाएको हो ।

बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण, स्थानीय तह निर्वाचनका लागि पार्टीको कार्य्विधि पारित लगायत पछिल्ला राजनीतिक घटनाक्रमका बिषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।

दोस्रो पटक प्रधानमन्त्री बनेपछि पहिलो पटक चीन जान लाग्नु भएका प्रधानमन्त्री दाहालले चीन सरकारसंग सम्बन्ध सुधारमा आफ्नो भ्रमण केन्द्रित हुने बताउदै आउनुभएको छ । चीन भ्रमणबारे प्रधानमन्त्री दाहालले हिजो पार्टीको संसदीय दलको बैठकमा समेत छलफल गर्नुभएको थियो ।

तत्कालिन एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारबाट फिर्ता हुँदै आफ्नै नेतृत्वमा सरकार गठन गरेपछि चीनसंगको सम्बन्धमा अविश्वास पैदा भएको माओबादी केन्द्रका नेताले स्विकार गर्दै आएका छन ।

आजको बैठकले स्थानीय निर्वाचनको उम्मेदवार मापदण्ड र छनोट तथा निर्वाचनको नारा र मुद्दा समेटिएको निर्वाचन कार्य्विधि समेत पारित गर्ने तयारी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ