काठमान्डौ चैत ९ ।
संसदको विशेष सुनुवाई समितिले विभिन्न पाँच मुलुकका लागि सिफारिस राजदुतहरुको सुनुवाई आज गदृै छ । सिंहदरवारमा विहान १० बजे पछि बस्ने समितिको बैठकले विभिन्न पाँच मुलुकका लागि प्रस्तावित राजदुतहरुको सुनुवाई गर्न लागेको हो ।
आज सुनुवाई हुन लागेको प्रस्तावित राजदुतहरुमा श्रीलंकाका लागि विश्वम्भर प्याकुरेल, बहराइनका लागि पदम सुन्दास, बंगलादेशका लागि चोपलाल भुसाल, म्यानम्यारका लागि भिमकृष्ण उदास र साउदी अरेवियाका लागि महेन्द्र प्रसाद सिंह राजपुत रहेका छन् ।
व्यवस्थापिका संसदको बैठक आज अपरान्ह तीन बजेका लागि बोलाइएकाले समितिले आजै प्रस्तावित नाम अनुमोदन गर्ने नगर्ने बारे टुङगो लगाउने छ ।
समितिले हिजो र अस्ति दुइ दिन ओमान अस्ट्रेलिया कतार इजरायल डेनर्माक जापान र कोरियाका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई गरिसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline