आजको मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको कार्यतालिका तय गरिदै

आजको मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको कार्यतालिका तय गरिदै

  • बुधबार, चैत्र ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 13.9K
    SHARES

काठमान्डौ चैत ९ ।
मन्त्री परिषदको बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबारमा साँझ ५ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा सरकारको नियमित काम कारबाहीको समीक्षा, प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणको कार्यतालिका तय गर्ने छ । भोलीदेखि सुरु हुने प्रधानमन्त्री दाहालको साताव्यापी चीन भ्रमणका क्रममा उठाईने एजेण्डा तथा दुई पक्षीय भेटवार्तालाई अन्तिम रुप दिन मन्त्रीपरिषद वैठक बस्न लागेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको भ्रमणका क्रममा आधा दर्जन एजेण्डामा छलफल हुने भनिएपनि कुनै सम्झौता भने नहुने मन्त्रीरिषद श्रोतले जानकारी दिएको छ । आगामी शनिवार बोवाओ फोरमलाई सम्वोधन गर्न जान लागेका प्रधानमन्त्री दाहालले आगामी १४ गते सोमबार वेइजिङस्थित ग्रेट हल अफ द पिपलमा चिनियाँ राष्ट्रपति सि जिनपिङसंग औपचारिक भेटवार्ता गर्दैहुनुहुन्छ । राष्ट्रपति जिनपिङसंग १५ मिनेटको भेटको समय मिलाईएको मन्त्रीपरिषद स्रोतले जनाएको छ ।

यसैबीच प्रधानमन्त्री दाहाल चीन भ्रमणबाट फर्किएपछि मात्रै प्रहरी महानिरिक्षक नियुिक्त प्रक्रिया सुरु हुने भएको छ । प्रधानमन्त्रीको भ्रमणका क्रममा गृहमन्त्रालयले कार्य मूल्याङ्कन प्रतिवेदनलाई अन्तिम रुप दिने र उहाँ फर्किएपछि नियुिक्त प्रक्रियाले अन्तिम रुप लिने मन्त्री लेखकले जानकारी दिनुभयो ।

यद्यपी गृहमन्त्रालयले भने सर्वोच्च अदालतको परमादेशपछि नयाँ आईजीपी नियुक्तीका लागि आजैबाट प्रक्रिया सुरु गर्दैछ । सर्वोच्चले कार्यसम्पादन र वरिष्ठताका आधारमा आईजीपी नियुक्ती गर्न आदेश दिएपछि गृहले ४ डिआईजीबारे कार्यसम्पादन मूल्याङ्कन सुरु गर्न लागेको गृहमन्त्रालय श्रोतले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ