काठमाण्डौ ,७ चैत ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पलिललो राजनितिक अवस्था र आसन्न निर्वाचनका बिषयमा छलफल गर्न स्थाई समिति बैठक बोलाएको छ ।
पार्टी केन्द्रिय कार्यलय धुम्बाराहिमा अपरान्ह ४ बजेपछि बस्ने बैठकमा आउदै गरेको स्थानिय तहको निर्वाचन , विकसित पछिल्लो राजनितिक घटनाक्रमका बिषयमा छलफल गरि पार्टीको भावी रणनिति तय गर्ने जनाईएको छ ।
स्थानीय निर्वाचनमा पार्टीका नेता कार्यकर्ताको परिचालन , निर्वाचनको वातावरण बनाउन पार्टीले खेल्ने भूमिका , तत्कालका लागी स्थगित २ नम्बर प्रदेशको अभियान लगायतका बिषयमा पनि छलफल हुने पार्टी सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।
यसैबीच आज बिह ान बसेको सचिवालय बैठकले एमालेले सन्चालन गरेको मेची महाकाली अभियान सफल भएको निश्कर्ष निकालेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline