राप्रपाले आज मुलुकभरका निर्वाचन कार्यलयमा धर्ना दिने

राप्रपाले आज मुलुकभरका निर्वाचन कार्यलयमा धर्ना दिने

  • सोमवार, चैत्र ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौ ७ चैत्र ।
निर्वाचन आयोगको निर्णयको विरोधमा राप्रपाले आज मुलुकभर विरोध प्रदर्शन गर्दैछ । पार्टी विधानमा उल्लेख गरिएको हिन्दु धर्म र राजतन्त्र वाक्यांश हटाउने आयोगको निर्णय फिर्ता लिन माग गर्दै राप्रपा आन्दोलनमा उत्रिएको हो ।

निर्वाचन आयोगले संविधानको मर्म बिपरित भएको भन्दै राप्रपाको विधानमा उल्लेख गरिएका राजसंस्था र हिन्दुराज्य सम्बन्धी शब्दावली हटाउँदै बांकी विधान अनुमोदन गरेको थियो ।

आफ्ना राजनितिक एजेन्डालाई विधानबाट हटाएको बताउदै निर्णय फिर्ता लिन दवाव दिनका लागि राप्रपाले आज निर्वाचन आयोगको केन्द्रिय कार्यलयसहित मुलुकभरका जिल्ला निर्वाचन कार्यलयमा एक घण्टा धर्नासहित ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ ।

यसअघि हिजो धर्म निरपेक्षताको खारेजी र हिन्दु राष्ट्र कायमको माग गर्दै राप्रपाले संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ