बार्सिलोनाले रियाल मड्रिडसँगको अंक दुरी दुईमा झार्यो

बार्सिलोनाले रियाल मड्रिडसँगको अंक दुरी दुईमा झार्यो

  • सोमवार, चैत्र ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौ ७ चैत्र ।
बार्सिलोनाले स्पेनिस ला लिगा लिडर रियल मड्रिडसँगको अंक दूरी कम गरेको छ । ला लिगाअन्तरगत गएराति सम्पन्न खेलमा भ्यालेन्सियामाथि ४–२ को जित निकाल्दै बार्सिलोनाले रियाल मड्रिडसँगको अंक दुरी दुईमा झारेको हो ।

घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन लियोनल मेस्सीले दुई तथा लुइस स्वारेज र आन्द्रे गोमेजले एक एक गोलको योगदानी दिए ।

भ्यालेन्सियाका लागि एलियाक्विम मंगला र मुनिर एल–हाड्डाडीले एक एक गोल गरे । खेलको २९ औं मिनेटमा मंगलाले गोल गर्दै भ्यालेन्सियालाई सुरुवाति अग्रता दिलाएकामा ३५ औं मिनेटमा स्वारेजले बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।

४४ औं मिनेटमा मंगला रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि भ्यालेन्सिया १० खेलाडीमा सीमित भयो । त्यसपछि ४५ औं मिनेटमा पाएको पेनाल्टीमा मेस्सीले व्यक्तिगत पहिलो गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए ।

तर पहिलो हाफको इन्जुरी समयमा एल–हाड्डाडीले भ्यालेन्सियाका लागि बराबरी गोल फर्काए । पहिलो हाफमा २–२ को बराबरी भएको खेलमा बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल र्गयो ।

५२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले ३–२ को अग्रता लियो । ८९ औं मिनेटमा गोमेजले गोल गर्दै बार्सिलोनालाई ४–२ को जित दिलाए ।

जितपछि दोस्रो स्थानको बार्सिलोनाको २८ खेलबाट ६३ अंक भएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको रियल मड्रिडको ६५ अंक छ । २८ खेलबाट ३० अंक जोडेको भ्यालेन्सिया भने चौधौं स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी