निर्वाचन रोक्ने अलोकतान्त्रिक चरित्र सरकारले प्रस्तुत गर्नु हुँदैन : ओली

निर्वाचन रोक्ने अलोकतान्त्रिक चरित्र सरकारले प्रस्तुत गर्नु हुँदैन : ओली

  • आइतवार, चैत्र ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

नेपालगन्ज, ६ चैत ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कुनै समुह ,दलले निर्वाचनको बिरोध गर्दैमा सरकारले नै निर्वाचन रोक्ने अलोकतान्त्रिक चरित्र देखाउन नहुने बताउनु भएको छ ।

एमालेको बाँके प्रचार विभागद्वारा आज नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले तोकिएको मितिमा स्थानीय निकायको निर्वाचन गराउन सरकारले खुट्टा कमाउन नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो– “कुनै दल, कथित मोर्चा र कुनै समूहले निर्वाचनको विरोध गर्छन् भने पनि सरकारले त्यसलाई समर्थन गर्ने खालका चरित्र देखाउन हुदैन ।

निर्वाचनका बिषयलाई लिएर सरकार कमजोर देखिएमा निर्वाचन नचाहनेलाई त्यसले फाइदा पु¥याउँने उहाँको भनाई छ ।

उहाँले संविधानले कसैलाई भेद्भाव नगरेको स्पष्ठ पार्दै तराईका जनतालाई संविधानको विरुद्ध अल्मल्याइएकोले त्यसलाई दृष्टिगत गरी आफ्नो दलले मेची–महाकाली अभियान सञ्चालन गरेको बताउनु भयो ।

पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा अध्यक्ष ओलीले आफ्नो दलको अहिले एउटै मूल उद्देश्य निर्वाचन भएकाले त्यसअघि सत्ता हेरफेर प्रयासमा नलाग्ने स्पष्ट गर्नुभयो ।

पत्रकार सम्मेलनमा सो दलका महासचिव ईश्वर पोखरेलले कुनै पनि अवस्थामा आफ्नो दल संविधान संशोधनको पक्षमा नजाने अडान दोह¥याउँनु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ