राप्रपाले आज संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गर्दै

राप्रपाले आज संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गर्दै

  • आइतवार, चैत्र ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ ६ चैत्र ।
पार्टी विधानबाट राजतन्त्र र हिन्दु राष्ट्र हटाउने निर्वाचन आयोगको निर्णय खारेजीको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको राप्रपाले आज संसदमा संविधान संशोधन प्रस्ताव पेश गर्ने तयारी गरेको छ ।

धर्म निरपेक्षताको खारेजी र हिन्दु राष्ट्र कायमको माग गर्दै संशोधन प्रस्ताव पेश गर्न लागेको सो पार्टीले जनाएको छ । आज अपरान्न संसदमा प्रस्ताव पेश गर्ने तयारी भएको पार्टी केन्द्रिय सदस्य मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

संविधानमा रहेका केही मुलभूत मुद्धामा असहमति रहेकाले सच्याउन माग गर्दै संशोधन प्रस्ताव पेश गर्न लागिएको श्रेष्ठले बताउनु भयो ।

निर्वाचन आयोगले संविधानको मर्म बिपरित भएको भन्दै राप्रपाको विधानमा उल्लेख गरिएका राजसंस्था र हिन्दुराज्य सम्बन्धी शब्दावली हटाउँदै बांकी विधान अनुमोदन गरेको थियो ।

आयोगको निर्णयविरुद्ध राप्रपाले मुलुकभरका निर्वाचन कार्यलयमा ज्ञापनपत्र बुझाउने तथा धर्ना लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ