रियाल मड्रिडले बार्सिलोनासँगको अंक दुरी पाँच मा पुर्यायो

रियाल मड्रिडले बार्सिलोनासँगको अंक दुरी पाँच मा पुर्यायो

  • आइतवार, चैत्र ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौ ६ चैत्र ।
स्पेनिस ला लिगा लिडर रियल मड्रिडले पाँच अंकको अग्रता कायम गरेको छ । लिग अन्तरगत गएराति सम्पन्न खेलमा रियल मड्रिडले एथ्लेटिको बिल्बाओलाई २–१ ले पराजित गर्दै दोस्रो स्थानको बार्सिलोनासँगको अंक दूरी पाँच पुर्याएको हो ।

रियल मड्रिडका लागि करिम बेन्जिमा र कासेमिरोलो एक एक गोल गरे । बिल्बाओका लागि आरिट्ज अडुरिजले एक गोल फर्कए । खेलको २५ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियाललाई अग्रता दिलाए ।

पहिलो हाफमा १–० ले पछि परेको बिल्बाओका लागि ६५ औं मिनेटमा अडुरिजले बराबरी गोल फर्काए । त्यसको तीन मिनेटपछि कासेमिरोले रियल मड्रिडका लागि विजयी गोल गरे । जितपछि शीर्ष स्थानको रियल मड्रिडको २७ खेलबाट ६५ अंक भएको छ ।

दोस्रो खेलबाट २७ खेलबाट ६० अंक छ । लिग अन्तरगत गएराति नै भएका अन्य खेलमा रियल बेटिसले ओसासुनालाई २–० तथा एलाभेसले रियल सोसिडाडलाई १–० हरायो । यस्तै एइबर र स्पानियोलले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी