काठमाडौं, चैत ५ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको आन्तरीक समस्या समाधान गर्न दलहरु सबै सक्षम हुने पर्ने बताउनु भएको छ ।
गिरिजाप्रसाद कोइरालाको सातौं स्मृति दिवसका अवसरमा गिरिजाप्रसाद कोइराला फाउन्डेसनले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पौडेले राजनीतिक दल कमजोर हुँदा मुलुकमा विदेशी हस्तक्षेप बढ्ने बताउनु भएको हो ।
मधेसी दललाई सहमतिमा ल्याएर आगामी वैशाख ३१ गते निर्वाचन गराएर जनताका अधिकार स्थापित गर्न सबै दल इमानदार देखिनुपर्ने उहाँको भनाइ थियो । उहाँले शान्ति–प्रक्रिया र प्रजातन्त्रका लागि गिरिजाप्रसाद कोइरालाले दिएको योगदान विश्वमै प्रशंसनीय रहेको बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline