कमल सरगम
काठमाण्डौ ।
“कसलाई रहर होला आफ्नो जन्म भुमि छाडेर परदेशिनु पर्दाको पिडा यही परदेशीलाई मात्रै थाह छ ।आफ्नो घर परिवार त्याएर एक छाक खाएर साहुको ऋण तिर्न आफ्नो रगत पसिना बगाउन बाध्य छु ।”कथामा अनुबन्धित छहारी म्यूजिक प्रालिको प्रस्तुतिमा अर्को मर्मस्पर्सी परदेशीहरुको बास्तबिक कथामा अनुबन्धित लोकदोहोरी गीत “रुदै रुदै भयौ परदेशी”बजारमा आएको छ ।बबर थापा र भगवती श्रेष्ठको प्रस्तुतिको रुपमा बजारमा आएको गीतमा आवाज भने अहिलेका चर्चित गायक अशिम कुमार कटुवाल र गोमा कटुवालको रहेको छ।बबर थापा र अशिम कुमार कटुवालको उत्कृष्ट शब्द सृजनामा बजारमा आएको गीतमा लय गोमा कटुवाल र भगवती श्रेष्ठको रहेको छ ।संगीता क्षिरीङ् र लक्षमाणको उत्कृष्ट अभिनयमा तयार गीतको म्यूजिक भिडियोको निर्देशन भने खमेश श्रेष्ठले गरेका हुन् ।सागर गौतमको छायांकनमा तयार भिडियोको सम्पादन भने प्रदिप दाहालले गरेका हुन ।गीत निकै उत्कृष्ट बनेको छ ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।