निर्वाचन आयोगको पछिल्लो निर्णयबारे छलफल गर्न राप्रपाको आकस्मिक बैठक बस्दै

निर्वाचन आयोगको पछिल्लो निर्णयबारे छलफल गर्न राप्रपाको आकस्मिक बैठक बस्दै

  • शनिबार, चैत्र ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौ ५ चैत्र ।
निर्वाचन आयोगको पछिल्लो निर्णयका सम्बन्धमा छलफल गर्न राप्रपाको केन्द्रिय समिति बैठक आज बस्दैछ । बैठक राजधानीको धुमबाराहीस्थित पार्टी कार्यलयमा बिहान ९ बजेका लागि बोलाइएको छ ।

विधानमा रहेको राजतन्त्र सहितको प्रजातन्त्र र हिन्दुराष्ट्र शब्दवलीलाई हटाउदै आयोगले विधान स्वीकृत गरेपछि त्यसबारे निर्णय गर्न राप्रपाको आकस्मिक बैठक बस्न लागेको हो । बैठकमा पदाधिकारी र राजधानीमा रहेका केन्द्रिय सदस्यलाई बोलाइएको पार्टी सहप्रवक्त मोन श्रेष्ठले जानकारी दिनुभयो ।

आयोगले राप्रपाको विधान प्रस्तावनाको चौथो बुँदामा उल्लेख पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दु राष्ट्र एवम् राजसंस्था वाक्यांश हटाउने निर्णय गर्दै विधान स्वीकृत गरेको थियो ।

हिन्दु राष्ट्र भन्ने वाक्यांश धर्मनिरपेक्षता र राजसंस्था भन्ने वाक्यांश गणतन्त्रको भावना विपरित रहेको भन्दै निर्वाचन आयोगले संविधानको मर्मविपरित उल्लेख भएका शब्द हटाएको स्पष्ट पारेको छ ।

विचार स्वतन्त्रता र पार्टीका कार्यक्रममा प्रतिबन्ध लगाउने आयोगको निर्णय अमान्य हुने भन्दै निर्णय फिर्ता लिन आयोगलाई आग्रह गर्ने बिषयमा आजको बैठकमा छलफल हुने नेता राजाराम श्रेष्ठले बताउनुभयो ।

आयोगको पछिल्लो निर्णयले आफ्ना एजेन्डालाई जानतामा लैजाने अधिकार कुन्ठित गरेको भन्दै राप्रपाले निर्णय सच्याउन आयोगलाई आग्रह गर्ने जनाएको छ । आयोगले निर्णय नसच्चाए कानुनी उपचार खोज्ने राप्रपाका नेताहरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ