स्थानीय तह कार्यान्वयनका लागि गठित टोलीले आजदेखि काम सुरु गर्दै

स्थानीय तह कार्यान्वयनका लागि गठित टोलीले आजदेखि काम सुरु गर्दै

  • शनिबार, चैत्र ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौ ५ चैत्र ।
संघिय संरचना अनुसार कायम स्थानीय तह कार्यान्वयनका लागि सरकारले चार सदस्यीय टोली गठन गरेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सहसचिव रेश्मिराज पाण्डेको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो ।

स्थानीय तह कार्यान्वयनका लागि स्थानीय तहलाई केन्द्रबाट जाने अधिकार, स्रोत तथा जनशक्तिका विषयमा वार्ता टोलीले छलफल गर्ने मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले जानकारी दिनुभयो ।

टोली सदस्यमा सहसचिव तामाङ र उपसचिव गुरुप्रसाद सुवेदी तथा सदस्य सचिवमा विष्णुदत्त गौतम रहनु भएको छ । आजदेखि कामको थालनी गरेको टोलीले प्रारम्भिक चरणमा शिक्षा मन्त्रालयमा काम गरेको छ ।

आज मन्त्रालयमा स्थानीय तहसम्बन्धी कामको क्षेत्रगत सर्त तथा बन्देज सम्बन्धी दस्तावेज तयार पर्ने, शिक्षा सेवाको जनशक्तिलाई स्थानीय तहमा पठाउने आधार तयार गर्ने र स्थानीय तहमा भएका शिक्षासम्बन्धी संस्था र जनशक्तिसँगै स्रोत साधनको तथ्यांक संकलनको कार्य सुरु गर्ने जनाएको छ ।

वार्ता टोलीले विभिन्न सेवाबाट स्थानीय तहमा जाने कर्मचारीको ज्येष्ठता कसरी मिलाउने भन्ने बारेमा पनि छलफल गर्ने मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ