च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल ड्र सार्वजनिक

च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल ड्र सार्वजनिक

  • शनिबार, चैत्र ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

एजेन्सी ५ चैत्र ।
च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको ड्र सार्वजनिक भएको छ । यो सिजनको क्वाटरफाइनलमा पुगेका ८ टिमको ड्र गएराति भएको हो ।

खेल समिकरण अनुसार पहिलो पटक क्वाटरफाइनल पुगेको इङ्लिस क्लब लेस्टर सिटीले स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग प्रतिस्पधा गर्ने भएको छ ।

पहिलो लेगमा पराजित भएको लेस्टर दोस्रो लेगमा सेभिल्लालाई हराएर क्वाटरफाइनल पुगेको हो । यस्तै साबिक विजेता रियल मड्रिडले सेमिफाइनल प्रवेशका जर्मन क्लब वार्यन म्युनिखको समना गर्नेछ ।

बार्यन र रियलबिच हालसम्म युरोपका विभिन्न प्रतियोगितामा २२ पटक भेट भएको छ । जसमा रियलले ९ तथा बार्यन म्युनिखले ११ खेलमा जीत निकालेको छ ।

यस्तै ऐतिहासिक पुनरागमन गर्दै अन्तिम ८ मा स्थान बनाएको बार्सिलोनाले इटालियन क्लब युभेन्टसको सामना गर्दा फ्रेन्च क्लब मोनाकोले जर्मन क्लब बोरुसिया डर्टमुण्डसँग प्रतिस्पधा गर्नेछ ।

बार्सिलोना र युभेन्टसबिच यसअघि सन् २०१५ को फाइनलमा भेट भएको थियो जसमा बार्सिलोनाले ३–१ को जीत निकालेको थियो ।

बार्सिलोना र युभेन्टसबिच हालसम्म सात खेलमा प्रतिस्पर्धा भएको छ जसमा बार्सिलोना तीन तथा युभेन्टस दुई खेलमा विजयी भएको छ ।

क्वाटरफाइनलको पहिलो लेग आगामी अप्रिल ११ र १२ तथा दोस्रो लेग अप्रिल १८ र १९ मा हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी