अनील गुरुगं विनाको राष्ट्रिय फुटवल टोली घोषणा

अनील गुरुगं विनाको राष्ट्रिय फुटवल टोली घोषणा

  • शुक्रबार, चैत्र ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

चैत्र ४ काठमाण्डौं । मार्च २८ मा एएफसी एशिया कपको छनौट चरणको पहिलो खेलमा नेपालले फिलिपिन्स विरुद्धको २० सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ ।
आज जापानी प्रशिक्षक कोजीले घोषणा गरेको टोलीमा यस पटक कप्तान अनील गुरुगंलाई समावेश गरिएन । सन् २००७ देखि नियमित राष्ट्रिय टोलीमा स्थान बनाएका गुरुगंले ४८ क्याप खेलेका छन् भने ९ वटा अन्तराष्ट्रिय गोल गरेका छन् ।  यस पटक कर्ण लिम्बुले स्ट्राईकरको रुपमा स्थान बनाएका छन् ।
घोािषत टोलीमा गोल किपरमा किरण चेमजोगं, विकेश कुथु र बिशाख श्रेष्ठ, डिफेन्डरमा रविन श्रेष्ठ, विराज महर्जन, अनन्त तामागं , आदित्य चौधरी, कमल श्रेष्ठ, जीतेन्द्र कार्की र रञ्जित धिमाल रहेका छन् ।  यसै गरी मिड फिल्डरमा रोहित चन्द, अन्जन विष्ट, विशाल राई, विक्रम लामा, हेमन गुरुगं र सुजल श्रेष्ठ रहेका छन् । फरवार्डमा विमल घर्ती भरत खवास , रञ्जन विष्ट र कर्ण लिम्बु रहेका छन् ।
फिलिपिन्स विरुद्ध मनिलामा नेपालले मार्च २८ मा खेल्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी