प्राधिकरणका कर्मचारीलाई थुनामा राख्न आदेश

प्राधिकरणका कर्मचारीलाई थुनामा राख्न आदेश

  • शुक्रबार, चैत्र ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौँ, ४ चैत । काठमाडौँ जिल्ला अदालतले मिटर उल्टो घुमाएर अनधिकृत रुपमा रकम असुल्दै आएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र व्यापारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

जिल्ला न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलासले उनीहरुले मिटर उल्टो घुमाएर विद्युत् चोरीमा संलग्न देखिएको भन्दै थुनामा राख्ने आदेश दिएको हो । अदालतले प्राधिकरणका कर्मचारी सुमन श्रेष्ठ, मन्जित श्रेष्ठ, भगवान पाण्डे, टहलबहादुर कार्की र व्यापारी तपन घोषलाई मुद्दाको किनारा नभएसम्म थुनामा राख्न आदेश दिएको अदालतका शाखा अधिकृत टीकासिंह खत्रीले जानकारी दिनुभयो ।

विद्युत् चोरी गरी जनतालाई अँध्यारोमा राखेको आरोपमा प्राधिकरणका २१ कर्मचारी र दुई उद्योगीविरुद्ध ठगी मुद्दा चलाइएको थियो । उक्त मुद्दामा पहिलो सुनुवाइ गर्दै जिल्ला अदालतले आठ कर्मचारीलाई धरौटीमा रिहा गर्न र आठ जनालाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले प्रतिव्यक्ति रु दुई करोड २७ लाख असुल हुनुपर्ने र साढे सात वर्षसम्म कैद सजाय हुनुपर्ने दाबी गर्दै ठगी मुद्दा दर्ता गरेको थियो ।

महानगरीय अपराध महाशाखाले माघ पहिलो साता प्राधिकरणका कर्मचारी सूर्यबहादुर थापा, ठाकुर महर्जन, प्रदीप शर्मा, श्याम बस्नेत, ओम ढुङ्गाना, दिलबहादुर साउद, अच्युत खड्का, महादेव प्रधान, सूर्यबहादुर कार्की, अन्नपूर्ण सापकोटा, पदमराज जोशीलगायतलाई पक्राउ गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ